नियम १३
पूर्व स्वीकृति नदिने अवस्था
ऐनको दफा १५ को उपदफा (३) मा उल्लिखित अवस्थाका अतिरिक्त देहायको अवस्थामा विभागले कामदार छनौट गर्न पूर्व स्वीकृति दिने छैनः–
(क) पूर्व स्वीकृतिको लागि इजाजतपत्रवालाले पेश गरेको कागजातहरूमा उल्लिखित विवरण सच्चाएको, परस्पर बाझिएको, थपघट गरेको वा
हेरफेर गरेको पाइएमा,
(ख) विदेशस्थित नेपाली कुटनीतिक नियोग वा श्रम सहचारीले वैदेशिक रोजगार उपलब्ध गराउने मुलुक वा रोजगारदाता संस्थामा कामदार
पठाउन उपयुक्त नहुने भनी विभागलाई लिखित जानकारी गराएमा ।