दफा १९
पूर्वस्वीकृति लिनुपर्ने
१९. पूर्वस्वीकृति लिनुपर्ने
(१) अध्यक्ष तथा सदस्यले निजी कामको सिलसिलामा विदेश भ्रमणमा जानु पर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्नेछ ।
(२) आयोगको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु पर्दा अध्यक्षले प्रधानमन्त्रीको स्वीकृति र सदस्यले अध्यक्षको स्वीकृति लिनुपर्नेछ ।