(१) सेवामा कार्यरत राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी नियोग प्रमुखमा नियुक्त भएमा त्यस्ता कर्मचारीको पदाधिकार कायम राख्ने
प्रयोजनका लागि मात्र मन्त्रालयमा पूल दरबन्दी सृजना हुनेछ ।
(२) उपनियम (१) बमोजिम सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी नियोग प्रमुखमा नियुक्त भएपछि रिक्त हुने स्वीकृत दरबन्दीको पदमा प्रचलित कानुन बमोजिम पदपूर्ति गरिनेछ ।
(३) उपनियम (१) बमोजिम नियोग प्रमुखमा नियुक्त भएको सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यावधि पूरा गरी वा अन्य कुनै कारणले मन्त्रालयमा हाजिर हुन आएमा निजलाई मन्त्रालयको स्वीकृत दरबन्दीको पद रिक्त भए तत्कालै त्यस्तो पदमा पदस्थापन गरिनेछ ।
(४) उपनियम (३) बमोजिम पदस्थापन गर्दा कर्मचारी हाजिर हुन आएको क्रमानुसार पदस्थापन गरिनेछ ।
(५) मन्त्रालयमा हाजिर हुन आएका तर पूल दरबन्दीमा रहेका उपनियम (३) बमोजिमको कर्मचारीलाई स्वीकृत दरबन्दीमा मिलान नगरेसम्म स्वीकृत दरबन्दीको पदलाई रिक्त मानी पदपूर्ति गरिनेछैन ।
(६) उपनियम (३) बमोजिम पूल दरबन्दीमा रहेको कर्मचारीलाई मन्त्रालयले जिम्मेवारी तोकी काममा लगाउनु पर्नेछ ।