नियम २२
पेट्रोलियमको बाँडफाँड
: (१) नेपाल सरकारले करार क्षेत्रबाट उत्पादित सबै पेट्रोलियमको कम्तीमा १२.५ प्रतिशत ऐनको दफा १३ बमोजिम रोयल्टीको रूपमा राख्नेछ ।
(२) करार क्षेत्रबाट उत्पादित पेट्रोलियमबाट नेपाल सरकारले रोयल्टी राखिसकेपछि र ठेकेदारलाई पेट्रोलियम खर्चको भुुक्तानी दिएपछि बाँकी रहन गएको पेट्रोलियम पेट्रोलियम सम्झौताको व्यवस्था अनुसार नेपाल सरकार र ठेकेदारलाई बाँडफाँड गरिनेछ ।
(३) यस नियमको प्रयोजनको लागि करार क्षेत्रबाट उत्पादित पेट्रोलियम भन्नाले करार क्षेत्रभित्र प्रत्येक स्थलबाट उत्पादन गरिएको पेट्रोलियममा देहायबमोजिम प्रयोग भएको पेट्रोलियम कटाइएपछि बाँकी रहेको पेट्रोलियम सम्झनु पर्छ ः
(क) विश्लेषण, परीक्षण वा पेट्रोलियम कार्यमा प्रयोग भएको पेट्रोलियम,
(ख) विभागको पूर्व स्वीकृति लिई पेट्रोलियम सम्पदाको संरक्षणको लागि विना मूल्य अन्य ठेकेदारलाई उपलब्ध गराइएको वा बालिएको प्राकृतिक ग्याँस,
(ग) नेपाल सरकारले आफ्नै जोखिममा उपयोग गरेको प्राकृतिक ग्याँस ।