दफा ३०
पेशागत आचरण पालना गर्नु पर्ने
(१) अध्यक्ष, सदस्य वा आयोगका कर्मचारी वा सल्लाहकारले आफ्नो पदमा बहाल रहँदाका बखत वा पदबाट अवकाश भएपछि तोकिए बमोजिमको पेशागत आचरण पालना गर्नु पर्नेछ ।
(२) अध्यक्ष, सदस्य तथा आयोगका कर्मचारी वा सल्लाहकारले आयोगमा त्यस्तो हैसियतले कार्य सम्पादन गर्दा सदैव आयोगको हितलाई सर्वोपरी राख्नु पर्नेछ ।