दफा १८
पेश्की

(१) पदाधिकारी वा सदस्यले यस ऐन बमोजिम पाउने पारिश्रमिक र आवास सुविधा बापतको रकम पेश्कीको रुपमा माग गरेमा सोही आर्थिक वर्षभित्र फछ्र्याैट गर्ने गरी बढीमा तीन महिनासम्मको पेश्की पाउन सक्नेछ ।
तर,

(१) कुनै पदाधिकारी वा सदस्यलाई कडा रोग लागि विदेश स्थित अस्पतालमा उपचार गराउनु पर्ने ठहरिएमा वा यस्तै कुनै विशेष परिस्थिति परेकोछ भन्ने कुराको औचित्यपूर्ण आधार देखिएमा
सभामुख वा अध्यक्षको स्वीकृति लिई संघीय संसदको सचिवालयले त्यस्तो पदाधिकारी वा सदस्यलाई बढीमा एक वर्षको पारिश्रमिक रकम पेश्की दिन सक्नेछ ।

(२) उपखण्ड (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बजेटबाट निकासा भएको रकमले
नभ्याउने भएमा वा तीन महिना अगावै निजको कार्यकाल समाप्त हुने देखिएमा अवस्था अनुसार पेश्की नदिन वा कम अवधिको लागि मात्र पेश्की दिन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको पेश्की रकम फछ्र्याैट नभएसम्म पदाधिकारी वा सदस्यले पाउने मासिक पारिश्रमिक वा आवास सुविधाको पूरै रकम कट्टा गरी फछ्र्याैट गरिनेछ ।

(३) यस दफा बमोजिम पेश्की लिने पदाधिकारी वा सदस्य कुनै कारणले संघीय संसदको सदस्य कायम नरहेमा निजसँग लिन बाँकी रहेको रकम प्रचलित कानून बमोजिम असुल उपर गरिनेछ ।
तर पारिश्रमिक पेश्की लिने कुनै पदाधिकारीको पेश्की फछ्र्याैट हुनु अगावै मुत्यु भएमा निजसँग लिन बाँकी रहेको पारिश्रमिक पेश्की रकम मिनाहा हुनेछ ।