नियम
प्याकेट तथा र्यापर्समा उल्लेख गर्नु पर्ने कुरा
उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्यापर्समा ऐनको दफा ७ को उपदफा (१) को खण्ड (क) र (ख) मा उल्लिखित कुराहरुको अतिरिक्त सूर्तिजन्य पदार्थमा समावेश गरिएका नाइट्रोसोमाईन, बेन्जोपाइरिन, टार, कार्वनमोनोअक्साईड लगायतका रासायनिक तत्वहरु हुने कुरा उल्लेख गर्नु पर्नेछ ।