दफा १४
प्रकाशनमा प्रतिबन्ध
देहायका कुराहरू किताब वा पत्रपत्रिकामा प्रकाशित गर्न पाइने छैनः–
(क) ………..
(ख) नेपाल ……….. को सार्वभौमसत्ता र अखण्डतामा आँच आउने,
(ग) नेपाल ……….. को सुरक्षा, शान्ति र व्यवस्थामा खलल पर्न जाने,
(ग१) कसैको चरित्र हत्या वा अपमान हुने वा लैङ्गिक हिंसा वा विभेदलाई बढवा दिने,
(घ) विभिन्न जात जाति, धर्म, वर्ग, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनस्य उत्पन्न गर्ने
तथा साम्प्रदायिक दुर्भावना फैलाउने, र
(ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने ।