दफा ४२
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
: यस ऐन बमोजिम कसूर ठहरिने काम कारबाही अन्य प्रचलित कानून अन्तर्गत पनि कसूर ठहरिने रहेछ भने उक्त प्रचलित कानून बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुर्याएको मानिने छैन ।