नियम
प्रचलित कानून बमोजिम हुने

कोषको सञ्चालन सम्बन्धमा यस नियमावलीमा उल्लेख भएको व्यवस्था बाहेकका अन्य कुराहरु र ऐनको दफा १२ को उपदफा (३) बमोजिम सचिवालयको आर्थिक प्रशासन सम्बन्धी कार्यविधिका सम्बन्धमा प्रचलित आर्थिक कार्यविधि ऐन, २०५५, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, आर्थिक कार्यविधि नियमावली २०६४, र भ्रमण खर्च नियमावली, २०६४ मा लेखिए बमोजिम हुनेछ ।