दफा ४
प्रज्ञा प्रतिष्ठान स्वशासित संस्था हुने
: (१) प्रज्ञा प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित संस्था हुनेछ ।
(२) प्रज्ञा प्रतिष्ठानको सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य कुनैकिसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्रज्ञा प्रतिष्ठानउपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(५) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।