दफा १२२
प्रतिउत्तरपत्र दर्ता गर्ने

(१) प्रतिबादीले प्रतिउत्तरपत्र दर्ता गर्न ल्याएमा अदालतले त्यस्तो प्रतिउत्तरपत्र म्यादभित्र परे वा नपरेको ररीतपूर्वक भए वा नभएको जाँची म्यादभित्र परेको र रीतपूर्वक भएको देखिएमा त्यस्तो प्रतिउत्तरपत्र दर्ता गरीसम्बन्धित पक्षलाई अनुसूची–३ बमोजिमको ढाँचामा त्यसको भरपाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिउत्तरपत्र जाँच गर्दा म्याद नाघी ल्याएको वा रीत नपुगेको देखिएमा अदालतले त्यसको कारणप्रतिउत्तरपत्रमा खुलाई दरपीठ गरिदिनु पर्नेछ ।