दफा १२१
प्रतिदाबी पेश गर्न सकिने

(१) प्रतिउत्तरपत्र पेश गर्दा प्रतिबादीले बादी विरुद्ध कुनै दाबी लिन चाहेमा त्यस्तो दाबी लिन सक्नेछ र निजलेत्यस्तो दाबी लिएमा प्रतिदाबी लिएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिदाबी फिराद दाबीको विषयमा सीमित रहेको र त्यस्तो प्रतिदाबी प्रतिउत्तरपत्रमा नैउल्लेख भएको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्रतिदाबी लिइएकोमा एक जनासम्म बादी भए दुई प्रति र त्यसपछिका प्रत्येक बादीका लागि एकप्रतिका दरले प्रतिउत्तरपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।तर एकाघरका बादी जतिसुकै सङ्ख्यामा रहेको भएपनि त्यस्ता बादीको लागि एक प्रति मात्र प्रतिउत्तरपत्रकोप्रतिलिपि पेश गर्न सकिनेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएका दुईप्रति प्रतिउत्तरपत्रमध्ये एकप्रति प्रतिउत्तरपत्र अदालतले प्रतिउत्तरपत्रपेश भए लगतै पछि अदालतबाट निर्धारित तारिखका दिन उपस्थित हुने बादी वा निजको वारिसलाई बुझाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्रतिउत्तरपत्र बुझाएको पन्ध्र दिनभित्र बादीले प्रतिदाबी स्वीकार गरेको वा इन्कार गरेकोव्यहोराको लिखित प्रतिवाद अदालतमा पेश गर्नु पर्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिबादीले प्रतिउत्तर सरहको बयान अदालत समक्ष दिँदा निजलेप्रतिदाबी समेत लिएको भए अदालतले त्यस्तो बयानको अभिलेखको एक प्रति बादीलाई उपदफा (४) बमोजिम उपलब्ध गराउनुपर्नेछ ।
(७) प्रतिबादीले यस दफा बमोजिम प्रतिदाबी लिएकोमा अदालतले प्रतिदाबी लिने पक्षलाई सात दिनभित्र परिच्छेद–६ बमोजिमको अदालती शुल्क दाखिला गर्न आदेश दिनेछ र त्यसरी दिएको आदेश बमोजिम प्रतिबादीले अदालती शुल्कबुझाएकोमा मात्र निजको प्रतिदाबी कायम हुनेछ ।