नियम ६क
प्रतिनिधिको काम र कर्तव्य
(१) ऐनको दफा २६
बमोजिम नियुक्त: पर्वतारोही दलको प्रतिनिधिको काम र
कर्तव्य देहायबमोजिम हुनेछ:-
(क) पर्वतारोहणको लागि आगश्यक पर्ने कामदार उपलब्ध गराउन, निजहरुको बीमा र स्वास्थ्य परीक्षण गराउन, पर्वतारोही दलले दिनुपर्ने दरखास्त लगायतका कागजात तयार पार्न, पर्वतारोही दलले बुझाउनु पर्ने सलामी रकम वा अन्य रकम बुझाउन, ब्रिफिङ र डिब्रिफिङ गर्न पर्वतारोही दललाई सहजीकरण र सहयोग गर्ने,
(ख) पर्वतारोही दलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार, स्थानीय कामदार॒ र आधारः शिविरका कामदारको वैयक्तिक/ विवरण तथा पर्वतारोहण सम्बन्धी विस्तृत विवरण अद्चावधिक गरी राख्ने र विभागले मागेका बखत :त्यस्तो विवरण तुरुन्त उपलब्ध गराउने,
(ग) आपतकालीन, खोज तथा उद्धार गर्नको लागि आवश्यक प्राविधिक उपकरण सहितको पूर्वतयारी गरी सोको जानकारी विभागमा दिने,
(घ) सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, स्थानीय कामदार वा आधार शिविरका कामदार दुर्घटनामा परेमा, बेपत्ता भएमा, बिरामी परेमा वा मृत्यु भएमा त्यस्तो व्यक्तिको आपतकालीन खोज तथा उद्धार गर्ने व्यवस्था मिलाउने,
(ङ) खण्ड (घ) बमोजिम उद्धार गर्नु परेमा त्यसरी उद्धार गरेको जानकारी तुरुन्त विभागलाई दिने। (२) यस नियम बमोजिम आपतकालीन खोज तथा उद्धार गर्न विभागले आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नेछ।