दफा २८
प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी, बिक्री वितरण आदि गरेमा
(१) कसैले
प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी गरेमा निजलाई स्थानीय अधिकारीले 
पाँच
हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ ।(२) कसैले प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन जानी जानी छापेमा वा बिक्री
वितरण गरेमा वा प्रदर्शन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई 
पाँच हजार रुपैयाँसम्म
जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ ।