दफा १००
प्रतिबादीलाई म्याद जारी गर्ने

(१) दफा ९९ बमोजिम बादी आपैmले वा निजको कानून व्यवसायी मार्फत प्रतिबादीलाई म्याद बुझाएको अवस्थामा बाहेकअदालतलेफिरादपत्र दर्ता भएको मितिले तीन दिनभित्र प्रतिउत्तरपत्र पेश गर्न प्रतिबादीको नाममा म्याद जारी गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम म्याद जारी गर्दा बादीले अदालतमा दर्ता गराएको फिरादपत्रको एक प्रति र फिरादसाथ संलग्नप्रमाणसमेत बुझाउनु पर्नेछ ।
(३) अदालतबाट म्याद जारी भएपछि प्रतिबादीले प्रतिउत्तर पेश गर्नुभन्दा पहिले नै फिरादपत्र वा मिसिल संलग्नकागजपत्रको नक्कल लिन निवेदन दिएमा अदालतले त्यस्तो कागजपत्रको प्रतिलिपि प्रमाणित गरी उपलब्ध गराउनु पर्नेछ।