दफा ११
प्रतिरक्षा गर्दा लागेको खर्च समितिले व्यहोर्ने
(१) दफा ७ बमोजिम दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाउपर क्षतिपूर्ति
माग गरी अदालतमा दायर भएको मुद्दामा सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले प्रतिरक्षा
गर्दा लागेको मनासिब खर्च समितिले व्यहोर्नेछ ।
तर स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको बदनियत वा गम्भीर लापरवाहीको कारण हुन
गएको हानि नोक्सानीको सम्बन्धमा प्रतिरक्षा गर्दा लागेको खर्च समितिले व्यहोर्ने
छैन ।
(२) उपदफा (१) बमोजिम समितिबाट प्रतिरक्षा सम्बन्धी खर्च माग गर्न चाहने दफा ७ बमोजिम दर्ता भएको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले तोकिए बमोजिमको विवरण समितिलाई दिनु पर्नेछ ।