दफा २८
प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी
(१) दफा २७ बमोजिम आयोगले दिएको
प्रतिवेदनमा उल्लिखित सिफारिस कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी मन्त्रालयको हुनेछ ।
(२) मन्त्रालयले आयोगको प्रतिवेदनमा उल्लिखित सिफारिस देहाय बमोजिम कार्यान्वयन गर्नेछः–
(क) दफा २३ र २४ मा उल्लिखित सिफारिस कार्यान्वयन गर्नको लागि नेपाल सरकारको स्वीकृति लिई त्यस्तो सिफारिस आपैंmले वा अन्य
सम्बद्ध निकाय मार्पmत कार्यान्वयन गर्ने, गराउने,
(ख) दफा २५ मा उल्लिखित सिफारिस कार्यान्वयन गर्न दफा २९ बमोजिमको प्रक्रिया अवलम्बन गर्ने,
(ग) दफा २६ मा उल्लिखित सिफारिस कार्यान्वयन सम्बन्धी कारबाही अघि बढाउन नेपाल सरकारमा लेखी पठाउने,
(घ) प्रतिवेदनमा उल्लिखित सिफारिस कार्यान्वयन गर्न कानून निर्माण गर्नु पर्ने भएमा आवश्यक कानून निर्माण गर्ने तर्पm कारबाही गर्ने,
(ङ) आयोगको प्रतिवेदन कार्यान्वयन गर्न उपयुक्त सम्झेको अन्य काम गर्ने, गराउने ।
(३) मन्त्रालयले दफा २७ को उपदफा (१) को खण्ड (च), (छ) र (ज) मा उल्लिखित सिफारिस प्राथमिकता तोकी क्रमशः कार्यान्वयन गर्नेछ ।
(४) मन्त्रालयले आयोगको सिफारिस बमोजिम पीडितलाई सरल र सहज तरिकाले तत्काल क्षतिपूर्ति, सुविधा वा सहुलियत उपलब्ध गराउनु पर्नेछ ।