नियम २५
प्रतिवेदन तथा विवरण सम्बन्धी व्यवस्था
: (१) जलवायु परिवर्तनको अवस्था, यसबाट परेको असर तथा उत्पन्न जोखिमका विषयमा मन्त्रालयले प्रत्येक पाँच वर्षमा राष्ट्रिय प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिमको राष्ट्रिय प्रतिवेदन तयार गर्नका लागि आवश्यक पर्ने सूचना तथा - तथ्याङ्क सम्बन्धित बिषयगत मन्त्रालयले मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) तापक्रम, वर्षा र जलप्रवाह लगायतका जलवायुजन्य अवयवको आधारमा जलवायु परिवर्तन परिदृश्य सम्बन्धी प्रतिवेदन जल तथा मौसम विज्ञान विभागले - प्रत्येक पाँच वर्षमा प्रकाशन गर्नु पर्नेछ।

(४) उपनियम (१) बा (३) बमोजिमको प्रतिवेदनको आधारमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धी योजना तर्जुमा र प्राथमिकिकरण गर्न सक्नेछन्‌।

(५) जलवायु: अनुकूलन सम्बन्धी भए गरेका कार्यको बार्षिक प्रगति बिबरण स्थानीय तहले प्रदेशको सम्बन्धित मन्त्रालयलाई र प्रदेशको सम्बन्धित मन्त्रालयले मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ।

(६). सरकारी निकाय बाहेकका संस्थाले जलवायु परिवर्तनको क्षेत्रमा गरेको कार्यको वार्षिक विवरण तयार गरी प्रदेशको सम्बन्धित मन्त्रालय मार्फत मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।