दफा १८
प्रतिवेदन दिनु पर्ने
(१) दफा १७ को खण्ड (क), (ख) वा (ग) को अवस्थामा दफा ३ को उपदफा (३) वा (४) बमोजिम नियुक्त भएको मेलमिलापकर्ताले सात दिनभित्र सो व्यहोराको प्रतिवेदन मुद्दा हेर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि मुद्दा हेर्ने निकायले त्यस्तो मुद्दा कानून बमोजिम कारबाही र किनारा गर्नु पर्नेछ ।
(३) मेलमिलापको लागि अवधि तोकिएको भए सो अवधि भुक्तान भएको दश दिनभित्र पनि दफा १६ को उपदफा (४) बमोजिम मिलापत्रको कागज पेश नभएमा वा उपदफा (१) बमोजिमको प्रतिवेदन पेश हुन नआएमा मुद्दा हेर्ने निकायले त्यस्तो मुद्दा कानून बमोजिम कारबाही र किनारा गर्नेछ ।