दफा ९८
प्रतिवेदन पेश गर्नु पर्ने
निरीक्षक वा कर्मचारीले यस परिच्छेद बमोजिम प्रतिष्ठान वा
कार्यस्थलको निरीक्षण समाप्त गरेको मितिले अन्यथा निर्देशन भएकोमा बाहेक पन्ध्र दिनभित्र
तोकिए बमोजिमको विवरण खुलाई कार्यालय समक्ष प्रतिवेदन दिनु पर्नेछ ।