दफा ३१
प्रतिवेदन पेश गर्नु पर्ने
: (१) नेपाल सरकारले यस परिच्छेद बमोजिम गरिएको सञ्चार अभिलेख कार्यको वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिन भित्र व्यवस्थापिका–संसद्समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त देहायका विषय सम्बन्धी विवरण समावेश भएको हुनु पर्नेछ :
(क) सञ्चार अभिलेख गर्नको लागि अधिकार प्राप्त अधिकारी समक्ष परेको निवेदनको संख्या,
(ख) सञ्चार अभिलेख गर्न अनुमति दिइएको र नदिइएको संख्या,
(ग) तत्काल सञ्चार अभिलेख गर्न दिइएको आदेशको संख्या र स्वीकृत वा अस्वीकृत आदेशको संख्या,
(घ) अभिलिखित सञ्चारको आधारमा चलाइएको मुद्दाको संख्या तथा सञ्चार अभिलेखबाट प्राप्त प्रमाणका आधारमा ठहर भएको मुद्दाको संख्या,
(ङ) अन्य आवश्यक कुरा ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा उल्लिखित विवरण मध्ये कुनै विवरण खुलाउँदा नेपालको सुरक्षा वा सङ्गठित अपराधको रोकथाम र निवारण गर्ने कार्यमा प्रतिकूल असर पर्न सक्ने मनासिब आधार भएमा त्यसको कारण खुलाई नेपाल सरकारले त्यस्तो विवरण नखुलाई
यस दफा बमोजिम प्रतिवेदन पेश गर्न सक्नेछ ।