नियम
प्रतिवेदन पेश गर्नु पर्ने
(१) कोर्र्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकिकात पूरा गरी सकेपछि देहायका कुराहरू खुलाइ आफ्नो राय सहितको प्रतिवेदन प्राड विवाकको कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) आरोपितको पूरा नाम, थर, वतन, कम्प्युटर नं., दर्जा, युनिट,
(ख) कसूर सम्बन्धी विवरण,
(ग) आरोपित व्यक्तिको बयानको व्यहोरा,
(घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा,
(ङ) आरोपित व्यक्ति उपर लगाइएको अभियोग र तत्सम्बन्धी प्रमाण,
(च) सम्बन्धित कानून,
(छ) हिरासतमा राखी कारबाही गर्नु पर्ने वा नपर्ने कारण,
(ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए क्षतिपूर्तिको रकम,
(झ) मुद्दा दायर गर्नु पर्ने भए सोकोे राय,
(ञ) आरोपित व्यक्तिले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने निकायको नाम,
(ट) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरू ।
(२) उपनियम (१) बमोजिम कोर्र्ट अफ इन्क्वायरीबाट राय सहितको प्रतिवेदन प्राप्त भएपछि प्राड विवाकको कार्यालयले सो राय सहितको प्रतिवेदन अध्ययन गरीे आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा निर्णयको लागि आफ्नो राय सहित प्रधान सेनापति समक्ष मिसिल पठाउनु पर्नेछ । त्यसरी मिसिल प्राप्त भएपछि प्रधान सेनापतिले आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने विषयमा अन्तिम निर्णय गर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ६८ को खण्ड (ग) बमोजिम समरी सैनिक अदालतले पुर्पक्ष, सुनुवाई, कारवाही र किनारा गर्ने
मुद्दा भए प्राड विवाकको कार्यालयले मुद्दा चल्ने वा नचल्ने सम्बन्धमा अन्तिम निर्णय
गर्नेछ ।
(४) प्राड विवाकले आवश्यकता अनुसार उपनियम (३) बमोजिमको अधिकार
कोर्र्ट अफ इन्क्वायरीलाई प्रत्यायोजन गर्न सक्नेछ ।