दफा १३
प्रतिवेदन पेश गर्नु पर्ने

(१) दफा १२ बमोजिम थुनामा रहेको फरार अभियुक्त वा कसूरदार माग गर्ने राज्यलाई सपुर्दगी गर्ने अनुमतिको लागि प्रमुख जिल्ला अधिकारीले त्यसरी थुनामा परेको मितिले सात दिनभित्र जिल्ला सरकारी वकील मार्फत सम्बन्धित जिल्ला अदालत समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिवेदन पेश गर्दा थुनामा रहेको अभियुक्त वा कसूरदारलाई समेत जिल्ला अदालत समक्ष उपस्थित गराउनु    पर्नेछ ।

(३) उपदफा (१) बमोजिम जिल्ला अदालत समक्ष पेश गरेको प्रतिवेदनको एकप्रति प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा पठाउनु पर्नेछ ।