दफा ४९
प्रतिवेदन पेश गर्नु पर्ने
अनुमतिपत्र प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र उक्त आर्थिक वर्षमा आफूले गरेको काम कारबाही तथा वस्तु कारोबार सम्बन्धी विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।