दफा २५
प्रतिवेदन पेश गर्ने
२५. प्रतिवेदन पेश गर्नेः
(१) आयोगले वर्षभरमा आफूले सम्पादन गरेका मुख्यमुख्य काम कारबाहीहरू, स्वीकृत गरेको योजना तथा कार्यक्रम र सोअनुसार क्षेत्रगत निकायबाट भएका काम तथा प्राप्त उपलब्धी समेत समावेश भएको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन आयोगले आवश्यकताअनुसार सार्वजनिक गर्नेछ ।