दफा ६०
प्रतिवेदन पेश गर्ने
: (१) प्रत्येक स्वास्थ्य संस्थाले आफूले प्रदान गरेको सेवाको विवरण समेत समावेश गरी प्रत्येक वर्ष इजाजतपत्र प्रदान गर्ने निकाय समक्ष तोके बमोजिम प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश र स्थानीय तहले इजाजतपत्र दिई सञ्चालन भएका स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको सम्बन्धमा उपदफा (१) बमोजिम सम्बन्धित स्वास्थ्य संस्थाबाट प्राप्त प्रतिवेदनका आधारमा सम्बन्धित प्रदेश र स्थानीय तहले एकमुष्ट प्रतिवेदन तयार गरी मन्त्रालयमा पठाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन पठाउँदा प्रचलित कानून बमोजिम प्रदेश र स्थानीय तहले सञ्चालन गरेका जनस्वास्थ्य सम्बन्धी कार्यक्रम समेतको विवरण संलग्न गर्नु पर्नेछ।
(४) उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ।