दफा २४
प्रतिवेदन सार्वजनिक गर्नु पर्ने
(१) प्राधिकरणले प्रत्येक चौमासिक रुपमाआफूले गरेका काम कारबाही र प्रशासनिक तथा पुनर्निर्माणका लागि भएको खर्च समेत समावेश गरी उपयुक्त माध्यमबाट प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(२) प्राधिकरणले आफूले सम्पादन गरेको काम कारबाहीको बार्षिक प्रतिवेदनआर्थिक बर्ष समाप्त भएको तीन महिनाभित्र नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बामोजिम प्राप्त हुन आएको प्रतिवेदन नेपाल सरकारले “प्रतिनिधि सभा” समक्ष पेश गर्नेछ ।