दफा २८
प्रतिष्ठानको कोष
(१) प्रतिष्ठानको एउटा छुट्टैकोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) शैक्षिक शुल्क तथा सेवा शुल्कबाट प्राप्त रकम,
(ग) स्वदेशी वा विदेशी व्यक्ति, संघ, संस्था वा विदेशी सरकारबाट अनुदान वा ऋणस्वरूप प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिम प्रतिष्ठानले विदेशी व्यक्ति, संघ, संस्था वा सरकारबाट कुनैरकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) प्रतिष्ठानको कोषको रकम कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(५) प्रतिष्ठानको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।