दफा २१३
प्रत्यर्थीलाई उपस्थित हुन आदेश दिने

(१) पुनरावेदन सुन्ने अदालतले दफा २१२ बमोजिम तल्लो अदालतबाट मिसिल प्राप्त भएको पन्ध्र दिनभित्र पुनरावेदककोमाग बमोजिम प्रत्यर्थीलाई झिकाई मुद्दाको सुनुवाई गर्नु पर्ने वा नपर्ने विषयमा सुनुवाई गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सुनुवाई गर्दा तल्लो अदालतले गरेको निर्णय फरक पर्ने नदेखिएमा पुनरावेदन सुन्ने अदालतलेठहरे बमोजिम निर्णय गर्नेछ ।
(३) उपदफा (१) बमोजिम सुनुवाई गर्दा तल्लो अदालतबाट भएको निर्णय फरक पर्न सक्ने देखिएमा पुनरावेदन सुन्नेअदालतले त्यसको कारण खुलाई सुनुवाईको लागि प्रत्यर्थी झिकाउने आदेश गर्नेछ ।