नियम १२
प्रत्येक औषधिको भाँडोमा लेबुल लगाउनु पर्ने

(१) औषधि उत्पादन गर्ने व्यक्तिले आफूले उत्पादन गरेको प्रत्येक औषधिलाई अर्को कुनै औषधि वा चीजसँग नमिसिने गरी कुनै भाँडोमा राखी सकेपछि त्यस्तो भाँडोको बाहिर लेबुल लगाई राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम भाँडो बाहिर लगाइएको लेबुलमा त्यस्तो भाँडोमा राखिएको औषधिका सम्बन्धमा नेपाली वा अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै वा नेपाल सरकारबाट स्वीकृत अन्य कुनै भाषामा संक्षेपमा लेखिएका अनुसूची–५ बमोजिमका
कुराहरू हुनु पर्नेछ ।