नियम २५
प्रदेश कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार
आयोगको सचिवको निर्देशनमा रही. प्रदेश कार्यालय प्रमुखले देहाय बमोजिमको कार्य गर्नु पर्नेछ:
(क) ऐनले तोकेका म्यादभित्र कार्यविधि सम्बन्धी काम सम्पन्न गर्नको निमित्त वार्षिक योजना बनाई सचिव मार्फत आयोगमा पेश गर्ने,
(ख) ऐनको दफा ९ र १० बमोजिम आयोगले तोकिदिएको छानबिन सम्बन्धी कार्य गर्ने,
(ग) छानबिन तथा अनुगमनको प्रतिवेदन आयोग समक्ष पेश गर्ने,
(घ) छानबिन सम्पन्न भएका फाइलहरु निर्णयको लागि आयोग समक्ष पेश गर्ने, (ङ) आयोगबाट गठन भएका छानबिन समिति, विशेषज्ञ, साक्षी लगायतसँग आवश्यक समन्वय र सहयोग गर्ने,
(च) कार्यालयको वार्षिक प्रतिवेदन प्रत्येक- आर्थिक वर्षमा आयोगमा पेश गर्ने,
(छ) आयोग तथा आयोगको सचिवले समय समयमा दिएका आदेश वा निर्देशनहरुको पालना गर्ने गराउने,
(ज) आवश्यकता अनुसारका अन्य कार्य गर्ने गराउने ।