दफा ८
प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार
(१) यस ऐनको अधीनमा रही प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्रदेशभित्र शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने,
(ख) प्रदेशभित्र नागरिकको जिउ, धनको सुरक्षा गरी नागरिक स्वतन्त्रताको संरक्षण र सुशासन प्रवर्द्धनमा सहयोग पुरयाउने,
(ग) सार्वजनिक सुरक्षा व्यवस्था तथा अपराधको रोकथामसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउने,
(घ) नेपाल सरकार वा प्रदेश सरकारले तोकेका प्रदेशभित्रका महत्त्वपूर्ण व्यक्ति, स्थान, निकाय वा आयोजनाको सुरक्षा गर्ने,
(ङ) प्रदेशभित्र यातायात, भवन, संरचना र अन्य सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा गर्ने,
(च) प्रदेशभित्र अपराध रोकथाम र नियन्त्रणको लागि कानून बमोजिम आवश्यक उपाय अवलम्बन गर्ने र सो कार्यका लागि सम्बन्धित निकायहरुसँग सहयोग र समन्वय जुटाउने,
(छ) प्रदेशभित्र विपदूका समयमा उद्दार, राहत, पुनर्स्थापना लगायतका विपद् व्यवस्थापन सम्बन्धी कामका लागि परिचालित हुने र आवश्यक समन्वय गर्ने,
(ज) प्रदेशभित्र घटेका अपराध सम्बन्धी प्रादेशिक अभिलेख राख्ने,
(झ) प्रचलित कानून बमोजिम प्रदेश कारागार, हिरासत कक्ष तथा कारागार र हिरासत कक्षमा रहेका कैदी र बन्दीको .......सुरक्षा व्यवस्था मिलाउने,
(ज) ट्राफिक प्रहरीलाई समयानुकूल तथा दक्ष बनाई प्रदेशमा हुने सवारी आवागमनलाई सुरक्षित बनाउने तथा प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने,
(ट) प्रदेशभित्र निजी क्षेत्रका सुरक्षा प्रदायक तथा सुरक्षाकर्मीले अपनाउनु पर्ने मापदण्ड पालना गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(र) प्रदेश प्रहरीको तालीम तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
(ड) सामुदायिक प्रहरी सम्बन्धी कार्य गर्ने,
(ढ) बेवारिस सम्पत्ति जिम्मा लिई प्रचलित कानून बमोजिम व्यवस्थापन गर्ने,
(ण) प्रचलित कानून बमोजिम अन्य निकायबाट अनुसन्धान हुने कसुरको सम्बन्धमा माग भएको सहयोग उपलब्ध गराउने,
(त) एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण गर्नु पर्ने भएमा सङ्घीय कानून बमोजिम सोको लागि समन्वय तथा सुरक्षा व्यवस्थापन गर्ने,
(थ) नेपाल प्रहरी र अन्य प्रदेशका प्रहरी सङ्गठनसँग सम्पर्क, सूचना आदान प्रदान र समन्वय गर्ने,
(द) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने गराउने ।
(२) सार्वजनिक आवागमन सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल प्रहरीलाई भएको अधिकार प्रदेश प्रहरीले समेत कानून बमोजिम प्रयोग गर्न सक्नेछ।
(३) प्रदेश प्रहरीले सूचना र सञ्चार प्रविधिसँग सम्बन्धित उपकरणहरुको प्रयोग गर्दा नेपाल प्रहरीसँग समन्वय गरी प्रयोग गर्नु पर्नेछ ।