दफा
प्रदेश प्रहरीको पद, पदपूर्ति, पोशाक तथा तालिम
(१) प्रदेश प्रहरीमा रहने पदनाम तथा पदसोपान नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(२) प्रदेश प्रहरीको पदमा नियुक्तिको लागि आवश्यक पर्ने योग्यता, पदपूर्ति प्रकृया, परीक्षाको पाठ्यक्रम तथा परीक्षा प्रणाली नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको लागि निर्धारण भए सरह हुनेछ।
(३) प्रदेश प्रहरीको पोशाक र दर्ज्यानी चिह्क सबै प्रदेशको प्रदेश प्रहरीमा एकरुपता हुने गरी नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(४) प्रदेश प्रहरीले लगाउने पोशाकमा प्रदेश सरकारले निर्धारण गरे बमोजिम नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्किने कुनै चिह्व वा लोगो राखिनेछ।
(५) प्रदेश प्रहरीलाई आधारभूत तालिम र आवश्यकता अनुसार सेवाकालीन तालिम दिइनेछ।
(६) नेपाल प्रहरीले प्रदेश प्रहरीलाई विशेष तालिम दिने व्यवस्था मिलाउन सक्नेछ।