दफा १२
प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण
(१) प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण प्रदेश सरकारले गर्नेछ।
(२) प्रदेशको आन्तरिक शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनेछ।
(३) प्रदेश प्रहरीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा नेपाल सरकार तथा प्रदेश सरकारको नीति र प्रदेश मन्त्रालय तथा प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य गर्नु पर्नेछ।
(४) यस ऐन, प्रचलित कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधीनमा रही शान्ति सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रणको सन्दर्भमा नेपाल प्रहरीले प्रदेश प्रहरी प्रमुखलाई र प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरीलाई आदेश वा निर्देशन दिन सक्नेछ।
(५) जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्नको लागि प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न सक्नेछ र यसरी परिचालन गरेको अवस्थामा सम्बन्धित जिल्लाको प्रदेश प्रहरीले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रही काम गर्नु पर्नेछ।
(६) उपदफा (५) बमोजिम प्रदेश प्रहरी परिचालन गर्दा प्रमुख जिल्ला अधिकारीले प्रदेश मन्त्रालयको निर्देशनमा रही काम गर्नु पर्नेछ।
(७) शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायत कर्तव्यपालनाको लागि खटिएको अवस्थामा प्रदेश प्रहरी कर्मचारीले आफूभन्दा माथिको अधिकारीको निर्देशनको अधीनमा रही कार्य सम्पादन गर्नु पर्नेछ।
(८) शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाल प्रहरी र प्रदेश प्रहरी संयुक्त रुपमा परिचालन भएको अवस्थामा प्रदेश प्रहरीले नेपाल प्रहरीको प्रत्यक्ष नियन्त्रणमा रही कार्य गर्नु पर्नेछ।
(९) उपदफा (४) बमोजिम आदेश वा निर्देशन दिएको तथा उपदफा (५) बमोजिम प्रदेश प्रहरी परिचालन गरिएको अवस्थामा सो सम्बन्धमा प्रदेश प्रहरीको सुपरिवेक्षण नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले समेत गर्नेछ।