नियम ३क
प्रदेश लैङ्गिक हिंसा निवारण कोष
(१) प्रदेशले लैङ्गिक हिसा न्यूनीकरणको लागि प्रदेश कानून बमोजिम प्रदेश लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कोषमा रहेको रकम सम्बन्धित. प्रदेशले नियम ५ को उपनियम (१) बमोजिमको कामको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको कोषको उपयोग, सञ्चालन तथा व्यवस्थापन प्रदेश कानून बमोजिम हुनेछ ।