दफा २५
प्रदेश समन्वय परिषद्को काम, कर्तव्य र अधिकार
: (१) प्रदेश समन्वय परिषद्ले प्रदेशभित्र प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चालन हुने बिकास आयोजना वा साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तह र एकभन्दा बढी स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्ध कायम गर्नेछ।
(२) प्रदेश समन्वय परिषद्ले समन्वय तथा अन्तरसम्बन्ध कायम गर्नु पर्ने कुनै विषयको लागि आवश्यकता अनुसार समिति गठन गर्न सक्नेछ।
(३) कुनै बिषयमा परिषद्मा छलफल हुन उपयुक्त देखिएमा प्रदेश समन्वय परिषद्ले विषय खुलाई परिषद्मा अनुरोध गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम लेखी आएमा परिषद्ले आवश्यक छलफल गरी प्रदेश समन्वय परिषद्‌, सम्बन्धित प्रदेश वा स्थानीय तहलाई मार्गदर्शन गर्न सक्नेछ।
(५) उपदफा (४) बमोजिम परिषद्ले गरेको मार्गदर्शन सम्बन्धित प्रदेश समन्वय परिषद्‌, सम्बन्धित प्रदेश तथा स्थानीय तहले पालना गर्नु पर्नेछ।