दफा २४
प्रदेश समन्वय परिषद्को गठन
: (१) प्रदेश र स्थानीय तहबीच वा प्रदेशभित्रका एकभन्दा बढी जिल्लाभित्रका स्थानीय तहबीचको समन्वय वा अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशस्तरमा देहाय बमोजिमको एक प्रदेश समन्वय परिषद्‌ रहनेछः- (क) मुख्यमन्त्री - अध्यक्ष (ख) प्रदेश सरकारको आर्थिक मामिला सम्बन्धी विषयको कार्यक्षेत्र रहेको मन्त्री - सदस्य
(ग) प्रदेश सरकारको आन्तरिक मामिला सम्बन्धी विषयको कार्यक्षेत्र रहेको मन्त्री - सदस्य
(घ) प्रदेश सरकारको प्रमुख सचिव - सदस्य
(ङ) प्रदेशभित्रका गाउँ कार्यपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगर कार्यपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट कम्तीमा एक तिहाई महिला सहित समावेशी सिद्धान्त बमोजिम प्रत्येक जिल्लाबाट एकजनाको दरले मुख्यमन्त्रीले तोकेका व्यक्ति - सदस्य
(च) प्रदेश मुख्यमन्त्रीको कार्यालयका सचिव - सचिव (२) प्रदेश समन्वय परिषद्को सचिवालय सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछ।
(३) प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।