दफा
प्रदेश सहकारी सङ्घको गठन
: सहकारी व्यवसायको विकास, प्रवर्द्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्‍याउन दफा १५ बमोजिम दर्ता भएका कम्तीमा पाँच वटा जिल्लाका एकतीस वटा संस्थाहरू वा जिल्ला सहकारी विषयगत सङ्घहरू वा जिल्ला सहकारी सङ्घहरू वा प्रदेश विषयगत सहकारी सङ्घहरू आपसमा मिली प्रदेश सहकारी सङ्घको गठन गर्न सक्नेछन् ।
तर यसरी सङ्घ गठन गर्दा प्रदेश भरी दर्ता भएका जिल्ला विषयगत सहकारी सङ्घहरू, जिल्ला सहकारी सङ्घहरू र प्रदेश विषयगत सहकारी सङ्घहरू प्रत्येकको पचास प्रतिशतभन्दा बढी सङ्घहरू समावेश गरिएको हुनु पर्नेछ ।