दफा ३९
प्रमाण सम्बन्धी विशेष व्यवस्था
: (१) सङ्गठितअपराध सम्बन्धी मुद्दामा विदेशी मुलुकको अदालत वा सोमुलुकको आधिकारिक निकायबाट सड्ढलन गरिएको वा परीक्षण गरिएको सबुत प्रमाणलाई अदालतले प्रमाणमा लिन सक्नेछ ।
(२) सुराकी, अभियुक्त वा साक्षीको आफ्नै स्वरमा रहेको र सम्पादन, तोडमोड वा परिवर्तन गर्न नसकिने गरी रेकर्ड गरिएको कुनै सामग्री वा फोटोलाई समेत अदालतले प्रमाणको रुपमा ग्रहण गर्न सक्नेछ ।