दफा ९
प्रमाणको रूपमा पेश गर्न नसकिने
वर्गीकृत लिखत दफा ५, ६ वा ७ बमोजिम निर्धारित अवधिसम्म कुनै पनि अदालत वा कानुनी कारवाहीमा प्रमाणको रूपमा पेश गर्न सकिने छैन ।
तर यस ऐन अन्तर्गतको मुद्दामा त्यस्तो वर्गीकृत लिखतको नाम र प्रकृतिसम्म उल्लेख गर्न बाधा पर्ने छैन ।