दफा १६२
प्रमाणको उल्लेखन गर्नु पर्ने

(१) दफा १६१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखित प्रमाणको सक्कल प्रति कुनै व्यक्ति वा संस्थाकोजिम्मामा रही त्यसको सक्कल वा प्रतिलिपि तत्काल उपलब्ध गराउन नसक्ने भएमा बादी वा प्रतिबादीले फिरादपत्र वाप्रतिउत्तरपत्रमा सोही कुरा उल्लेखन गर्नु पर्नेछ ।
(२) पदफा (१) बमोजिम उल्लेखन भएको प्रमाण बुझ्नु पर्ने देखिएमा अदालतले त्यस्तो प्रमाणको सक्कल प्रति वाप्रतिलिपि अदालतले तोकेको अवधिभित्र पेश गर्न त्यस्तो व्यक्ति वा संस्थालाई आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा त्यस्तो व्यक्ति वा संस्थाले अदालतले तोकेको अवधिभित्र त्यस्तो प्रमाण अदालतमापेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र कुनै व्यक्ति वा संस्थाले त्यस्तो प्रमाण पेश नगरेमा त्यस्तो व्यक्ति वासंस्थाको प्रमुख पदाधिकारीलाई अदालतले एक हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।