दफा ११घ
प्रमाणको रुपमा पेश गर्न सकिने
: (१) लागू औषध अनुसन्धानको सिलसिलामा विदेशमा सङ्कलन गरेको कुनै पनि किसिमका कागजातहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सकिनेछ ।
(२) लागू औषधको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले भिडियो टेप, क्यासेट टेप र अन्य कुनै पनि किसिमका फोटोहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सक्नेछ ।