नियम ३३
प्रमाणपत्र दिइने

(१) सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोही दल र त्यसका सदस्यलाई मन्त्रालयले अनुसूची–१३ बमोजिमको ढाँचामा पर्वतारोहणको प्रमाणपत्र दिनेछ ।
(२) सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोही दलका साथमा संलग्न भई पर्वतारोहण गर्ने सरदार, पर्वतीय पथप्रदर्शक र उचाईमा जाने कामदारलाई मन्त्रालयले अनुसूची–१४ बमोजिमको ढाँचामा पर्वतारोहणको प्रमाणपत्र दिनेछ ।
(३ ) उपनियम (१) वा (२) बमोजिम प्रमाणपत्र प्राप्त गर्नको लागि पर्वतारोही दलको सम्पर्क अधिकृत, त्यस्तो दलको नेता: र सम्बन्धित ट्रेकिङ्ग एजेन्सी वा पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाले देहायको कागजात तथा विवरण मन्त्रालयमा पेस गर्नु पर्नेछ:

(क) पर्वतारोहण गरेको प्रमाणित गर्ने कागजात,

(ख) पृष्ठभूमिमा सम्बन्धित हिमालचुली देखिने गरी खिचिएको पर्वतारोहीको मुखाकृति स्पष्ट देखिने सक्कल तस्बिर,

(ग) प्रमाणपत्र प्राप्त गर्न चाहने पर्वतारोही दलको सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाइमा जाने कामदारले सफलतापूर्वक पर्वतारोहण गरेको भनी : गरेको स्वघोषणा, तर नियम २रक. को उपनियम (२) बमोजिमको अवस्थाको कारणले त्यस्तो कागजात वा विवरण पेस गर्न पर्वतारोही दलको नेता असमर्थ भएमा सम्बन्धित पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाको सिफारिसमा हिमालचुलीको दोस्रो शिविर वा सोभन्दा माथिको शिविरको सरदारले त्यस्तो कागजात वा प्रमाण सम्पर्क अधिकृतबाट प्रमाणित गराइ पेस गर्न सक्नेछ।