दफा १६
प्रमाणपत्र रद्द गर्ने
यस ऐन बमोजिम योग्यता नपुगेको कुनै व्यक्तिको नाम भूलबस दर्ता किताबमा दर्ता हुन गएको रहेछ भन्ने कुराको जानकारी हुन आई सो कुरा जाँचबुझ गर्दा साँचो ठहरिन आएमा प्रदेश कानूनले तोकेको निकायले त्यस्तो व्यक्तिको दर्ताको प्रमाणपत्र फिर्ता लिई दर्ता रद्द गर्न सक्नेछ ।