दफा २७
प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादन परीक्षण
(१) नियन्त्रकले प्रत्येक वर्ष प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादनको परीक्षण गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्य सम्पादन परीक्षण गर्नको लागि नियन्त्रकले कम्प्युटर सुरक्षणमा विशेषज्ञता हासिल गरेका मान्यताप्राप्त लेखा परीक्षक वा कम्प्युटर विशेषज्ञलाई नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम गरिएको कार्य सम्पादन परीक्षणको प्रतिवेदन नियन्त्रकले आफ्नो कम्प्युटर तथ्याङ्क आधारमा राखी विद्युतीय स्वरुपमा प्रकाशन गर्नु पर्नेछ ।
(४) कार्य सम्पादन परीक्षण गर्ने परीक्षकको योग्यता, पारिश्रमिक र परीक्षणको कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(५) नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको सेवा स्तर निर्धारण गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।