दफा २३
प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिन सक्ने
(१) नियन्त्रकले कुनै विदेशी मुलुकको कानून बमोजिम प्रमाणपत्र जारी गर्ने इजाजतपत्र प्राप्त गरेको प्रमाणीकरण गर्ने निकायलाई नेपाल सरकारको पूर्व स्वीकृति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिमको शर्त पालना गर्ने गरी मान्यता दिन सक्नेछ । यसरी मान्यता प्राप्त गरेको प्रमाणीकरण गर्ने विदेशी निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत नेपाल राज्यमा प्रमाणपत्र जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिंदा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।