दफा
प्रमुख कार्यकारी अधिकृत
(१) प्राधिकरणको दैनिक प्रशासन र व्यवस्थापन सम्बन्धी कार्यसञजूचालन गर्न प्रदेश कानून बमोजिम एक प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ बमोजिमको प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति खुल्ला प्रतिस्पर्धाको आधारमा तोकिए बमोजिम नेपाल सरकारले गर्नेछ।
(३) उपदफा (१) र (२) बमोजिम नियुक्त हुने प्रमुख कार्यकारी अधिकृत प्रदेश विश्वविद्यालय वा नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ्ग, व्यवस्थापन, अर्थशास्त्र, विकास व्यवस्थापन वा कानून विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरी व्यवस्थापकीय क्षमता भएको हुनु पर्नेछ।
(४) उपदफा (२) बमोजिम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नहुँदासम्मको लागि नेपाल सरकारले राजपत्राङ्कित प्रथम श्रेणीको कुनै अधिकृतलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा कामकाज गर्न खटाउन सक्नेछ।
(५) प्रमुख कार्यकारी अधिकृतको पदावधि पाँच वर्षको हुनेछ।
(६) उपदफा (१५) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा दफा १२ बमोजिमको प्राधिकरणको हकमा नेपाल सरकारले र अन्यको हकमा प्रदेश कानून बमोजिम निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(७) प्रमुख कार्यकारी अधिकृतको पदमा देहायको व्यक्ति नियुक्त हुन अयोग्य हुनेछः-
(क) गैरनेपाली नागरिक,
(ख) साठी वर्ष नाघेको,
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लाग्‌ औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, बहुविवाह, पुरातात्विक महत्त्वका वस्तुहरूको अवैध कारोबार, संरक्षित बन्यजन्तु सम्बन्धी कसुर, सङ्गठित अपराध बा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(घ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, वा (ङ) सार्वजनिक निकायको कुनै लाभको पद धारण गरेको । स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि, "लाभको पद" भनूनाले सरकारी कोषबाट नियमित पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद सम्झनु पर्छ।
(८) प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक, सेवाको: अन्य शर्त र सुविधा तोकिए बमोजिम हुनेछ।
(९) उपदफा (८) बमोजिम प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक, सेवाको अन्य शर्त र सुविधा नतोकेसम्म दफा १२ बमोजिमको प्राधिकरणको हकमा नेपाल सरकारले र अन्यको हकमा प्रदेश सरकारले तोके बमोजिम हुनेछ।
(१०) प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ।