नियम
प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्ने
(१) आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न र सो सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक जिल्लामा जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेछ ।
(२) प्रमुख नाम दर्ता अधिकारीको कार्यालय जिल्ला निर्वाचन कार्यालयमा रहनेछ ।