दफा १७
प्रमुखको काम, कर्तव्य तथा अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) केन्द्रको प्रमुख भई कार्य गर्ने,
(ख) जीवनाशक विषादीको गुणस्तर तोकिएको मापदण्ड बमोजिम भए नभएको अनुगमन तथा परीक्षण गरी वा गर्न लगाई मापदण्ड विपरीत भएको पाइएमा कारबाही गर्ने,
(ग) जीवनाशक विषादीको पञ्जीकरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
(घ) केन्द्रले सम्पादन गरेको काम कारबाही सम्बन्धमा वार्षिक प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्ने,
(ङ) समितिले तोकेका अन्य कार्य गर्ने, गराउने,
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने।
(२) प्रमुखले आफूमा रहेको अधिकार आवश्यकता अनुसार मातहतका अधिकृत
कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।